Sagun Khabar
बैतडीमा लडेर घाइते भएकी एक महिलाको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ६ पौडीकी ६८ बर्षीया बेलु बिष्टको मंगलबार दिउँसो पौने ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

तीनचार दिन अघि घर नजिकै लडेकी बिष्टलाई मंगलबार असहज भएपछि उपचारका लागि पाटनस्थित डिएस पोलिक्लिनिकमा ल्याइएको थियो । उपचारपछि घर फर्कने क्रममा एक्कासी बेहोस भएर बाटोमा ढलेकी बिष्टको सोही ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।  
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update