Sagun Khabar
दार्चुलाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना, एक जनाको मृत्यु 

बैतडी –दार्चुलाको लेकमबाट धनगढीका लागि छुटेको जिप डोटीको बुडर नजिक दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप बुधबार बिहान बुडर नजिक दुर्घटना भएको हो । जिप दुर्घटना हुँदा घटनास्थलमै ज्यान गुमाएका एक जनाको परिचय खुल्न बाँकी छ । चालकसहित ८ जना घाइते भएका छन् ।

Atrya hospital

इलाका प्रहरी कार्यालय बुडरका बरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जयकुमार मल्लका अनुसार घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय चालक बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की, निजकी श्रीमती २६ वर्षीया भावना ओड पार्की र निजकै छोरी ३ वर्षीया रितिका पार्की रहेका छन् । यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी ६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका ४ की ६० वर्षीया मानमति धामी घाइते रहेका छन् ।

घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ । विहान ५ बजे घाइतेहरुको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाइएको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update