Sagun Khabar
मुकुल ढकाल रास्वपाबाट पदमुक्त,साधारण सदस्य मात्रै रहने गरी कारबाहीमा
Atrya hospital

काठमाण्डौं –राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो । 

ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिए ।

केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update