Sagun Khabar
बझाङमा एक कोरोना संक्रमतिको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बषिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए  ।

संक्रमित भारतको तामिललाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए । जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा एन्टीजेन विधिबाट चेक गर्दा उनमा कोरोना पुष्टि भएको थियो । संक्रमितको थप उपचारको लागि कोहोलपुर लैैजादै गर्दा बाटोमै मृत्यु भएको जोशीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update