Sagun Khabar
महाकाली अस्पतारमा  एक बालकको मृत्यु ओभर डोज दिएर मृत्यु भएको स्थानियको आरोप

कञ्चनपुर : महाकाली अस्पतारमा उपचारका लागि लगिएका एक बालकको मृत्यु भएको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ का जयसिंह ठगुन्नाका २२ महिने छोराका मृत्यु भएको हो। अस्पतालको लापरबाहीका कारण उपचारका लागि लगिएका बालकको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

  साउन २४ गते साँझ निमोनियाको समस्या देखिएपछि बालकलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । तर अस्पतालका नर्सले ‘ओभरडोज’ सुई लगाएपछि बालकको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बालकका बुवा जयसिंहले बताए। त्यसपछि गम्भीर बनेका छोराको उपचारका लागि उनले साउन २५ गते धनगढीको नव जीवन अस्पतालमा पुगाएका थिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

  १ हप्ता भेन्टिलेटरमा राखेको नव जीवनले बालकको अवस्था गम्भीर मोडमा पुगेको भन्दै पुनः महाकालीमै पठाएपछि भदौ १ गते बालकलाई महाकालीमै पु¥याइएको थियो ।  बालको उपचारमा करिब ३÷४ लाख रुपैयाँ खर्च भएतापनि उनी नबाँचेको बुवा जयसिंहले बताए ।

 अब बुवा जयसिंहले अस्पतालका चिकित्सकहरूको लापरवाहीले छोराको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरि चिकित्सकमाथि कारबाही गर्न माग गरेका छन्। उनले न्याय नपाउँदासम्म बालकको शव नबुझ्ने बताएका छन् उक्त विषयमा महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरी कुमार श्रेष्ठले पनि औषधिको असरले बालकको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

 यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले घटनाको छानबिन थालेको छ। प्रशासनले अधिकृत कृष्णानन्द जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update