Sagun Khabar
कञ्चनपुरमा खुकुरी देखाएर १६ वर्षीय किशोरमाथि कुटपिट, पाँच जना पक्राउ

कञ्चनपुर –कञ्चनपुरको बेलौरीमा खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–९ रतनपुरका १६ वर्षीय किशोरलाई खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिइएको हो । 

असोज २३ गते दिउँसो करिब ४ बजे भएको घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

घटनामा संलग्न रहेको आरोपमा बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलीप भट्ट, २२ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । 

उनीहरूमाथि अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग एवं अपमानजनक व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रावतले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update