Sagun Khabar
कञ्चनपुरमा  शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप

 कञ्चनपुर :  कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप भएको छ । झडपमा परेर दुवैतर्फका १५ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीले भीमदत्त नगरपालिकाको ताला खोलेपछि झडप भएको हो । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो  ।

स्वास्थ्य सन्देश
Atrya hospital

झडपको स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । अहिले महेन्द्रनगर बजारक्षेत्र तनावग्रस्त बनेको उनले बताए ।  शुक्रबार बिहानैदेखि नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ ।

शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको बैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि शिक्षकहरू आन्दोलित भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरित मनपरी ढंगले दरबन्दी मिलान गरेको भन्दै उनीहरू करिब एक महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update