Sagun Khabar
बैतडीको पाटनमा  पहिरोले २ घर बगायो
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी : बैतडीको पाटन नगरपालिका वडा न. १० मा  पहिरोले २ घर बगाएको छ । बिहिवार रातिको बर्षासंगै खसेको पहिरोले स्थानिय हर्क बहादुर कुँवर र हिक्मत कुवरको घर बगाएको वडा अध्यक्ष देबेन्द्र कुँवर  कुँवरले बताउनुभयो । पहिरोले पशुचौपायाहरु मरेको बताईएको छ ।  
 घरसंगै गोठमा रहेका पशुचौपाय, घर भित्र रहेका खाद्यन्न समान र अन्य समान समेत पुरेको छ । पिडित हर्क बहादुर कुवँरका ३ वटा भैंसी, एउटा गाई, एक दर्जन बढी कुखुरा, लत्ता कपडा र खाद्यन्न समान पहिरोले पुरिएको र   २ लाख नगद र २ तोला सुन समेत पहिरोमै पुरिएको पिडित कुवँरले बतमउनुभयो  । 
अर्का पिडित हिक्मत कुवँरका पनी एउटा गाई, आधा दर्जन बाखा्र,  दर्जन बढी कुखुरा सहित अन्य खाद्यन्न समान पहिराले पुरेको छ । पहिरोका कारण मानविय क्षति भने नभएको प्रहरिले जनाएको छ  । 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update