Sagun Khabar
बैतडीमा सुर्नया नदीमा बगेर एक जना बेपत्ता
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी :  बैतडीमा सुर्नया नदीमा बगेर हिजो  एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी पदनुभएको छ ।

  शुक्रबार   दिउँसो १ बजेतिर सुर्नया तर्ने क्रममा स्थानीय जयते खोला नजिकबाट साउद बेपत्ता भएका हुन् । बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन निकै  प्रभावित भएको छ ।  

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update