Sagun Khabar
भारत र पाकिस्तानबीच तनाव : आईपीएल क्रिकेट रद्द

काठमाण्डौ – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रद्द गरेको छ । आजदेखि आईपीएलका बाँकी खेलहरु आयोजना हुने छैनन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो ।

दुबै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य कारबाही शुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबी तनाव शुरु भएपछि आईपीएल खेलाइने रङ्गशालाहरुमा पनि आक्रमणको धम्की प्राप्त भएका थिए ।

Atrya hospital

आईपीएल खेलिरहेका विदेशी खेलाडीहरुमा पनि त्रास देखिएको थियो । हिजोको खेल प्रभावित बनेको थियो । यी सबै पक्षलाई ध्यानमा राखेर आईपीएल रद्द गर्ने निर्णय भएको बीसीसीआईलाई उद्दृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइएको जनाएको छ ।

आईपीएलको १८औँ संस्करणमा अहिलेसम्म ५८ खेल भएका छन् । जसमा गुजरात टाइटन्स ११ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेलमा १६ अङ्कसहित रोयल च्यालेन्जर्स बेङ्ग्लुरु दोश्रो स्थानमा, १५ अङ्कसहित पञ्जाब किङ्गस तेश्रो र १२ खेलमा १४ अङ्कसहित मुम्बई इन्डियन्स तालिकाको चौथो स्थानमा छ ।

यस्तै दिल्ली क्यापिटल्स पाँचौ, कोलकाता नाइट राइडर्स छैटौं, लखनउ सुपर जायन्टस् सातौं, सनराइजर्स हैदराबाद आठौँ, राजस्थान रोयल्स नवौं र चेन्नई सुपर किङ्गस तालिकाको पुछारमा छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update