Sagun Khabar
श्रीलङ्कालाई हराउँदै नेपाल १९ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाण्डौ – नेपाल भारतमा भइरहेको १९ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अरुणाञ्चलको गोल्डेन जुबिली रङ्गशालामा हिजो भएको खेलमा श्रीलङ्कालाई ५–० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

Atrya hospital

यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलङ्का भने बाहिरिएको छ । यसअघि समूह ‘बी’ को पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८–० ले हराएको थियो ।

नेपालले अब भोलि भारतसँग खेल्नेछ । यो खेल जित्ने टोली समूह विजेता हुनेछ । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को १८ वर्षमुनिको संस्करण जितेको थियो ।

पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update