Sagun Khabar
क्यानकाे केन्द्रीय सम्झाैतामा नरहने सन्दीपकाे घाेषणा

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौता नरहने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस पटक क्यानको केन्द्रीय सम्झौता नरहने बताएका हुन् ।

यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुन नभई व्यक्तिगत र व्यावसायिक विकासका लागि भएको सन्दीपले लेखेका छन् । उनले नेपालबाट क्रिकेट खेलिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । सन्दीपले क्यानलाई निरन्तर साथका लागि धन्यवाद पनि दिएका छन् ।

क्यानले यसबारेमा छलफलपछि निर्णय लिने बताएको छ । सन्दीप क्यानको केन्द्रीय सम्झौतामा ‘ए’ वर्गमा थिए ।

https://www.facebook.com/SandeepLamichhaneOfficial

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update