Sagun Khabar
भारतको बिहारमा चट्याङ लागेर ३३ जनाको मृत्यु 

भारतको बिहारमा बुधवार र बिहीवारको भीषण आँधीका क्रममा चट्याङ पर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । 

चट्याङले लागेर केही घाइते भएका भारतको विपद् व्यवस्थापन विभागले हिजो विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका एएफपीले जनाएको छ ।

बिहार राज्यको विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलले सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन नागरिकलाई सूचित गर्न निर्देशन दिएका छन् । 

पटनाका केही भागमा ठूलो वर्षा र चट्याङको सम्भावना कायमै रहेको त्यहाँको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

त्यो क्षेत्रमा सन् २०२३ मा २ सय ७५ र सन् २०२४ मा कम्तीमा २ सय ४३ जनाको चट्याङकै कारण मृत्यु भएको थियो । 


 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update