Sagun Khabar
नवजात शिशुको घाँटी निमोठेर हत्या गर्ने स्वंयसेविका कारागार चलान

बैतडी–नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिसुको हत्या गर्ने डिलाशैनी गाउँपालिका वडा न. ७ की ३५ वर्षीया माधवी कार्की लाई पुर्पक्षका लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 


माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिए संगै कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital


माधवीले यही भदौ ६ गते अवैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिने बितिक्कै केराको साप्रोले घाँटी निमोठेर हत्या गरेकी थिइन् । त्यसपछि घरपरिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरेको थियो । 


महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीको अनुसन्धान पछि अदालतमा पेश गरिएको थियो । १० वर्षअघि वैदेशिक रोजगारी गएका माधवीका श्रीमान उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ । 


घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसंग अवैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ । अवैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसंगै विवाह गर्ने सहमती गरेका भएपनि ती किशोर हाल फरार रहेका छन् । माधवीका घरमा १३ वर्षीय छोरा पनि छन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update