रामेछापमा बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो
रामेछाप – रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछामका अनुसार घटनास्थलमा अहिले गोताखोरको टोलीले उद्धारको काम गरिरहको छ ।
यसअघि बसमा १३ जना चढेको भनिए पनि झन्डै २० जना रहेका अनुमान छ । अहिलेसम्म ९ जनाको शव निकालिएको र मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।
आज बिहान काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको अरनिको यातायातको प्रदेश ३–०१–००५–९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मन्थली र खुर्कोटका विभिन्न अस्पतालमा पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२ १५:४२
प्रतिक्रिया दिनुहोस्




