Sagun Khabar
मुक्ति समाज बैतडीको बिस्तारीत बैठक सम्पन्न

बैतडी–नेकपा एमालेको जनवर्गिय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीको बिस्तारीत बैठक आज सम्पन्न भएको छ । 


मुक्ति समाजका जिल्ला इन्चार्ज बलभद्र दयालको अध्यक्षतामा भएको बिस्तारीत बैठकले जिल्लाका १०ओटै स्थानियतहका लागी इन्चार्जहरु तोकेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital


आगामी दिनमा पालिका स्तरीय कमिटिहरु निर्माण गर्ने तयारीमा रहेकोमा आज इन्चार्जहरु चयन गरिएको दयालले बताए ।


मुक्ति समाज बैतडीले जिल्लाका सबै वडा र टोलहरुमा समेत कमिटि गठन गर्ने जनाएको छ । आज भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद लिलाधर भट्ट रहेका थिए । 

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य एंव एमाले प्रदेश कमिटि सदस्य नरेश बिक, पार्टिका प्रदेश सदस्य पुस्करराज जोसी(लख्खाभाई), जिल्ला सचिवालय सदस्य सरस्वति नेपाली लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update