Sagun Khabar
स्कुल खुलेसंगै संगठन विस्तार तर्फ लाग्यो अखिल

बैतडी–नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले बैतडीमा संगठन बिस्तार कार्यक्रमलाई तिब्रता दिएको छ । 
आज जिल्लाको पाटन नगरपालिका स्थीत पाटन बहुमुखी क्याम्पस र भुमेश्वर माबि ठाँडमा प्रारम्भीक इकाई कमिटि गठन गरिएको छ । 


क्याम्पसमा ज्योतिशा चन्दको अध्यक्षतामा ७५ सदस्यीय प्रारम्भीक कमिटि गठन गरिएको छ भने, भुमेश्वर माबि ठाडँमा नरेन्द्र महराको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन गरिएको संगठनका राष्ट्रिय परिषद सदस्य खेमराज अवस्थीले बताए ।


लामो समय बन्द रहेका बिद्यालय खुले संगै संगठन बिस्तार अभियान सुरु गरीएको अखिलका जिल्ला अध्यक्ष सन्तोश रानाले बताए । गत आइतबार  जिल्ला कमिटि बैतडीको बैठक बसि १५ दिने संगठन बिस्तार अभियान चलाउने निर्णय गरेकोमा प्रारम्भीक कमिटि गठन गरिएका छन् । 

Atrya hospital


बिद्यालयहरुमा प्रारम्भीक कमिटि बिस्तार अभियान यहि असोज २० गतेसम्म सम्पन्न गर्ने अनेरास्ववियु बैतडीले जनाएको छ ।

अखिलले हिजो डिलाशैनी गाँउपालिका ६मा रहेको सेटिगाउँ माविमा रमेश मालको अध्यक्षतामा ४५सदस्यीय प्रारम्भीक कमिटि गठन गरेको छ भने हिजै दोगडाकेदार गाउँपालिका ३स्थीत श्रीकोट बहुमुखि क्याम्पसमा सम्भु गिरीको अध्यक्षतामा २१ सदस्यीय प्ररम्भीक कमिटि गठन गरेको अखिलका केन्द्रीय सचिव दिनेश भट्टले बताए । 


 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update