Sagun Khabar
ब्यापारीको हत्या प्रकरणमा पक्राउ गरिएका ४जना सार्वजनिक

बैतडी-बैतडीको सन्सेरीमाण्डौँका ब्यापारी हत्या प्रकरणमा पक्राउ परेका ब्यक्तिहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ परेका ७जना मध्ये ३ जनालाई सामान्य सोधपुछ पछि छोड्दै ४ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न रहेको आरोपमा सुर्नया गाउँपालिका वडा न. ५ हरिचन निवासी २६ बर्षिय रामबहादुर मडै, सुर्नया ४ का हरिस सिंह महरा, होटेल साहु राम बहादुर महरा र संकरसिंह महरा रहेकाछन् । रातिको समयमा मदिरा सेवन गरेका उनिहरुले मृतक कमले महरालाई फलामको रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । 

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बैतडीका प्रवक्ता प्रहरी निरिक्षक दर्शन खड्काले बताए । उनले भने, "आरोपित ब्यक्तिहरुको बयान लिन सुरु भएको छैन् । सामान्य सोधपुछका क्रममा ३ जनालाई छोडेर ४जनालाई हिरासतमा राखि अनुसन्धान सुरु गरेका छौँ ।" घटनामा संलग्न ४जना मध्ये हरिचन निवासी २६ मडैको मुख्य हात रहेको पाइएको प्रहरीले जनाएको छ । उनलाई उनकै घरबाट हिजो पक्राउ गरिएको थियो । 

Atrya hospital

सुर्नया ४ सन्सेरी माण्डैँ स्थीत मासु पसल सञ्चालन गर्दै आएका ५६ बर्षिय कमले महराको हिजो बिहान हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update