Sagun Khabar
कमलले न्याय पाउलान त ?

बैतडी-बिहिबार बिहान बैतडीको सुर्नया गाउँपालिका वडा न.४ सन्सेरीमाण्डौँका मासु पसल सञ्चालक ५६ बर्षिय कमल महराको शव फेला प¥यो । आफ्नो मासु पसल भन्दा २ सय मिटर टाढा रहेको रामबहादुर महराको पसल अगाडी मृत भेटिएका कमलको शवको प्रकृति हेर्दा टाउको, छाती र खुट्टमा गम्भीर चोट थियो भने सरीरभरी निलडाम र घाउहरु थिए । 

अनुसन्धानका लागी बिहिबार घटनास्थल पुगेको प्रहरीले ७ जनालाई पक्राउ ग¥यो । तर प्रहरीले सुक्रबार ३ जनालाई सामान्य सोधपुछ गरेर घर पठाएको छ भने, अहिले ४ जना प्रहरी हिरासतमा छन् । प्रहरी हिरासतमा रहेका १ जना सोझो प्रकृतिका शंकर महरा छन् भने अर्का उनकौ भाइ हरिश छन् । तर २ जना कडा स्वभावका छन् ।

हत्या प्रकरणमा समातिएका होटल ब्यवसायी रामबहादुर महरालाई गाँउघरमा सबैले रावण भनेर चिन्छन् । आर्थिक अवस्था बलियो भएका ‘रावण’ आफु त्यस ठाउँका लागी टाइगर भएको बताउथे । तर मृतक कमल भने रावणलाई नै विश्वास गर्दथे । स्थानियबासीका अनुसार कमल आफ्नो मासु पसलमा बढि रकम आर्जन भएको दिन रावणको पसलमा जम्मा गर्दथे । 

स्वास्थ्य सन्देश
Atrya hospital

 त्यसैगरि यस घटनामा मुख्य अभियुक्त भनिएका सुर्नया ५का रामबहादुर मडै बिगत ८–१०बर्ष देखि भारतको पञ्जावमा बस्दथे । अहिले पनि उनका श्रीमति र छोराछोरी भारतमै छन् । २६ बर्षका मडै केहिदिन अघिमात्रै नागरिकता बनाउन भन्दै घर आएका थिए । मडैले हालै धनगढीमा जग्गा खरिद गरेको स्थानियबासी बताउछन् । उनि जग्गा आफ्नो नाममा हाल्नका लागी नागरिकता बनाउन गृह जिल्ला बैतडी पुगेका थिए । बुधबार उनले जिल्ला प्रशासन कार्यालयमा नागरिक बनाए ।

नागरिकता लिएर घर फर्केका मडैले आधा बाटोबाटै मदिरा पिउन सुरु गरिसकेका थिए । बाटोभरीका पसलेहरुलाई कोही छ मसंग लड्ने ? भन्दै शन्सेरीमाडौँ पुगेका थिए । केहि रक्सीका क्वाटर समेत बोकेका मडैले मृतक कमलकै पसलबाट १केजी मासु खरिद गरि रावणको होटलमा पकाउन लगाए । उक्त मासु र मदिरा सेवन गरेका ४ जनाले अन्ततः कमलको हत्या गरेको स्वीकार गरेकाछन् । 

यसरी भयो हत्या 

प्रहरीका अनुसार हत्यामा संलग्न ब्यक्ति र मृतकले एकै टेवुलमा मदिरा सेवन गरेका थिए । मदिरा सेवन गर्दा गर्दै झगडा सुरु भयो । झगडाकै क्रममा मुख्य आरोपित मडैले कमल माथी आफुले पहिल्यै बोकेर ल्याएको फलामको रड प्रहार गरे । अत्याधिक पिटाइबाट उनको मृत्यु भयो । केहि समय अघि (राति सवा १० बजे) घरबाट फोन आउदाँ मान्छे आउनुभाछ, म आउन अलि ढिलो हुन्छ, खाना छोपेर राखिदेउ भनेका कमल कहिल्यै घर जान नपाउने भए । 

कमल मृत्युपछि शव खोलामा फाल्ने कोशिस भएको थियो रे । तर २ ओटा कारणले शव उठाउन सकिएन् । हत्यामा संलग्न ब्यक्तिहरु मदिराले अत्यन्तै सिथिल भैसकेका थिए भने, गाउँलेको भनाई अनुसार त्यो ठाउँ शन्सेरी देवताको गुठि जग्गा भएकाले दैवि शक्तिका कारण पनि शव उठाउन सकेनन् । 

पैषाका लागी हत्या भएको आशंका
मृतक कमल भोलीपल्ट जग्गा किन्ने तयारीमा थिए । उनिसंग ७ लाख रकम थियो । पैषाका बिषयमा आरोपित होटल ब्यवसायी रावण जानकार थिए । यहि कुरा अर्का आरोपित मडैले पनि थाहा पाएपछि पैषा लुट्ने योजनाले हत्या गरेको हुनसक्ने मृतकका परिवारजनको भनाई छ । 

मृतकको परिवारको हालत भने अन्यन्तै दयनिय छ । मृतक कमलका जेठा छोरा बिवाहित हुन् । तर उनको मानसिक सन्तुलन ठिक छैन् । जबकी बुवाको शव छेउमा थियो । सयौँ मान्छेको भिड लागेको थियो । तर उनि बच्चाहरु संग खेल्दै थिए । कुनैबेला कुखुरालाई दाना दिदै थे भने, कुनैबेला कुखुरालाई भित्र बाहिर लग्दै थिए । मृतक कमलका कान्छा छोरा बैदेशीक रोजगारीका क्रममा साउदी अरेवियामा छन् । 

अहिले घरमा मानसिक सन्तुलन गुमाएका छोरा, श्रीमति, बुहारी र नावालक नातिनि छन् । घरको अवस्था निकै नाजुक रहेको र आफ्नो मान्छे पहुँचमा नभएका मृतक कमलले न्याय पाउलान की नपाउलान ? त्यो हेर्न बाकीँ छ । कतै यस घटनामा चलखेल हुने होकी भन्ने आशंका रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update