Sagun Khabar
बैतडीमा कांग्रेसको सबै पालिकामा अधिवेशन सम्पन्न (पदाधिकारीको नामावली सहित) 

बैतडी – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार बैतडीका १० ओटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका १० ओटा स्थानीय तह मध्ये ७ ओटा स्थानीय तहमा निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन भएको छ भने तीनओटा स्थानीय तहमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । जिल्लाको सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो भने अन्य पालिकाहरुमा निर्वाचन मार्फत गाउँ÷नगर कार्यसमिति चयन भएको छ । 

दशरथचन्द नगरपालिका 
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् । भट्टले १०४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी गजेन्द्रसिंह रावलले ७९ मत ल्याए । 

यस्तै उपसभापतिमा भट्ट प्यानलकै सुरजबहादुर चन्दले ११९ र हरिराम टमाटाले ११७ मत ल्याएर विजयी भएका छन् । यसैगरी सचिवमा भट्ट प्यानलकै गणेशसिंह थापाले ११७ र श्यामबहादुर चन्दले ११५ मत ल्याएर विजयी भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

सहसचिवमा भट्ट प्यानलकै उत्तमराज जोशीले ११६ मत र राजेन्द्रप्रसाद बडुले ११७ मत ल्याएर विजयी भएका मतदान अधिकृत रघुबीरसिंह थापाले बताए । 

नगरकार्यसमितिका अन्य सदस्यहरु भने सहमतिमै चयन भएका छन् । शनिबार सम्पन्न भएको नगर अधिवेशनले ६४ सदस्यीय नगर कार्यसमिति चयन गरेको मतदान अधिकृत थापाले बताए । 

पाटन नगरपालिका 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाटन नगरपालिकाकोे नगर सभापतिमा मानबहादुर ऐर विजयी भएका छन् । ऐरले ९७ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी जयसिंह बिष्टले ६८ मत ल्याए । 

यस्तै उपसभापतिमा रमेश महरा १०३ र कृष्णबहादुर कुँवर ७६ मत ल्याएर विजयी भएका छन् । यसैगरी सचिवमा लवदेव जोशी र जगदीशसिंह बिष्ट निर्विरोध निर्वाचित भएका मतदान अधिकृत लक्ष्मणसिंह बोहराले बताए ।

सहसचिवमा कैलाश चन्द ११९ र कृष्णा पन्त ९० मत ल्याएर विजयी भएका छन् । नगरकार्यसमितिका अन्य सदस्यहरु भने सहमतिमै चयन भएका मतदान अधिकृत बोहराले बताए । 

मेलौली नगरपालिका 

नेपाली कांग्रेसको मेलौली नगरपालिकाको सभापतिमा परमानन्द भट्ट विजयी भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा ४९ मतका साथ भट्ट सभापतिमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नरेश बिष्टले ४६ र लोकराज भट्टले ३८ मत प्राप्त गरे । 

यस्तै उपसभापतिमा भरतसिंह पुजारा १०३ र राजबहादुर चन्द ९३ मत ल्याएर विजयी भएका छन् । यस्तै सचिवमा सुरेन्द्रप्रसाद भट्ट १०५ र अशोकसिंह बिष्ट ८१ मतका साथ विजयी भएका छन् । 

नगरकार्यसमितिको सहसचिव पदमा महेशदत्त भट्ट ८५ र लक्ष्मण पोखरेल ७६ मतका साथ विजयी भएका मतदान अधिकृत ईश्वर रावतले बताए । सदस्यहरु भने सहमतिमै चयन भएका उनले बताए । 

पुर्चौंडी नगरपालिका 

नेपाली कांग्रेसको पुर्चौंडी नगरपालिकाको सभापतिमा गणेशबहादुर गडाल नेतृत्वको प्यानल विजयी भएको छ । सभापति पदमा जनकबहादुर बिष्टलाई पराजित गर्दै गणेशबहादुर गडाल निर्वाचित भएका छन् । 

यस्तै उपसभापतिमा गडाल प्यानलकै इश्वरदत्त भट्ट र बिरबहादुर महरा विजयी भएका छन् । यस्तै सचिवमा सोही प्यानलका राजप्रसाद जोशी र रिकेश बोहरा विजयी भएका छन् । सहसचिवमा सरोज बम र दिल बहादुर बम विजयी भएको जानकारी प्राप्त भएको छ ।  

सुर्नया गाउँपालिका 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत पालिकास्तरीय समिति चयन भएको छ । प्रतापसिंह महरालाई सभापति पदमा सर्वसम्मत चयन गरेका नेता कार्यकर्ताहरुले पुरै कार्यसमिति सहमतिमै चयन गरेको मतदान अधिकृत उत्तमबहादुर कुँवरले बताए । 

यस्तै उपसभापतिमा करबीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह बिष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका मतदान अधिकृत कुँवरले बताए । ४७ सदस्यीय नेपाली कांग्रेसको सुर्नया गाउँपालिका कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । 

सिगास गाउँपालिका 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मतका साथ सभापति पदमा निर्वाचित भएका छन् । 

यस्तै उपसभापतिमा सुमित्रा ऐर ७३ मत  र धन बहादुर साउद ७२ मत सहित विजयी भएका छन् । सचिवमा टेक बहादुर चन्द६७ मत र भानसिह धामी ७५ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा प्रकाश जोशी ७८ मत र गोविन्द अवस्थी ७३ मत सहित विजयी भएका छन् । 

डिलाशैनी गाउँपालिका 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत डिलाशैनी गाउँपालिका गाउँकार्यसमिति सभापतिमा जयानन्द जोशी निर्वाचित भएका छन् । कृष्ण कुमार धामीलाई पराजित गर्दै जोशी सभापतिमा निर्वाचित भएका हुन् । जोशीले ५५ मत प्राप्त गरे भने धामीले ४७ मत प्राप्त गरे । 

यस्तै उपसभापतिमा शंकरबहादुर बिष्ट ४६ मत र राम नाथ ५० मत ल्याएर विजयी भएका छन् । सचिवमा शंकरदत्त पन्त ४७ र मदन नाथ ५६ मत ल्याएर विजयी भएका छन् । यस्तै सहसचिवमा दिला नाथ ४४  र विक्रम कार्की ५१ मत निर्वाचित भएका छन् । सदस्यहरु भने निर्विरोध निर्वाचि भएका मतदान अधिकृत सुरेशराज पन्तले बताए । 

दोगडाकेदार गाउँपालिका 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दोगडाकेदार गाउँपालिकामा नन्दराज भट्ट सभापतिमा निर्वाचित भएका छन् । भट्टको पुरै प्यानल निर्वाचित भएको बताइएको छ । ५३ मत ल्याएर भट्ट सभापतिमा निर्वाचित भएका हुन भने उनका निकटतम् प्रतिद्वन्दी चन्द्रदेव भट्टले ५१ मत प्राप्त गरेका छन् । यस्तै उपसभापतिमा आनसिंह बिष्ट, कलकुते कार्की र धर्मानन्द जोशीले समान ५० ÷५० मत प्राप्त गरेपछि गोलाप्रथाबाट आनसिंह बिष्ट र कलकुते कार्की निर्वाचित भएका मतदान अधिकृत भोजराज जोशीले बताए । 

यस्तै सचिवमा कर्कराज जोशी ५९ मत र दानबहादुर बिष्ट ८२ मत ल्याएर विजयी भएका छन् । यस्तै सहसचिवमा दिपेन्द्र कार्की ६१ मत र सुशीला बिष्ट ६९ मत ल्याएर विजयी भएका छन् । सदस्यहरु भने निर्विरोध निर्वाचित भएका मतदान अधिकृत जोशीले बताए । 

शिवनाथ गाउँपालिका 

बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसको ३९ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत चयन भएको छ । सो समितिको सभापतिमा हिरा चन्द, उपसभापतिमा जयसिंह साउँद र लालसिंह साउँद, सचिवमा केशवदत्त कलौनी र गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएका मतदान अधिकृत जनकबहादुर चन्दले बताए । 

यस्तै अन्य सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएका उनले बताए । समितिको कोषाध्यक्ष पछि मनोनित गरिने बताइएको छ । 

पञ्चेश्वर गाउँपालिका 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको पञ्चेश्वरमा सर्वसम्मत नेतृत्व चयन भएको छ । गाउँपालिका कार्यसमितिको सभापतिमा रामबहादुर चन्द, उपसभापतिमा जमनसिंह साउँद र धिराजबहादुर चन्द, सचिवमा गजेन्द्रबहादुर चन्द र टंकप्रसाद तिवारी, सहसचिवमा बीरबहादुर चन्द र विरेन्द्रसिंह भण्डारी सर्वसम्मत चयन भएका मतदान अधिकृत कर्णबहादुर कुँवरले बताए । 

३७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको उनले बताए । नेता कार्यकर्ताहरुले सहमति गरेपछि पञ्चेश्वरमा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ । 

 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update