Sagun Khabar
द.न.पा.१० बुरकिलमा सिंचाई गर्न पानी पुगेसंगै किसान खुसी

बैतडी-बैतडीको दशरथचन्द नगरपालिका वडा न. १० स्थीत बुरकिल गाउँका बासिन्दाहरु सिमा नदि महाकालीको तटिय क्षेत्रमा बस्ने भएपनी खानेपानी र सिंचाईको समस्याबाट गुज्रि रहेका थिए । तर अहिले उनिहरुको खेतमा सिचाईका लागी महाकाली नदिबाट लिफ्टिङ प्रणालीको पानी पु¥याइएको छ । 


दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र अक्सफाम, रुडेश बैतडीको प्राविधिक सहयोगमा बुरकिलमा सिचाई योजना पुगेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital


बुरकिलका २४ घरपरिवारको २सय ९० रोपनी बाझाँे खेतमा सिंचाईका लागी ६३ एमएमको पाइपमबाट पानी आएसंगै किसानहरु खुसि भएकाछन् । 


७३ बर्षिय मानबहादुर चन्दले भने ‘मेरा बाजे र बुवाले यो देख्न पाएका भए कति खुसि हुन्थे हेला ? अहिले त गाडी मोटर चलेकाछन् । यता उब्जनी नभए मधेशको चामल खान मिल्छ । तर उतिबेला यसै खेतमा अन्न फलेपछि खान्थ्यौँ । नत्र भोकै बस्थौँ । म पनि बुढो मान्छेलाई खेतमा यसरी पानी आउला भन्ने लागेको थिएन् । तर नसोचेको कुरा भयो, छ्याब्याल पानी आयो । अब हामी सुखि साथ मौसमी र बेमौसमी खेतीपाती गरी प्रयाप्त कृषि उपज उत्पादन गर्नेछौँ ।’


बुरकिलका किसानका लागी दशरथचन्द नगरपालिकाले धेरै रकम खर्च गरेका भने होइन् । ३ लाख ८६ हजारको लागमा पानी पुगाइएको हो । खेत सिंचित हुने भएपछि ब्यवसायीक खेतीमा लाग्ने स्थानियबासी प्रताप सिंह बुडालले बताए । उनले भने ‘हाम्रो खेतमा कल्पना नै नगरेको पानी पुगेको छ । आगामी दिनमा उन्नत जातका तरकारी, फलफुल उत्पादन गरि ब्यवसायमा लाग्छौँ ।’  


सिंचाई अभावले उब्जनी हुन छोडेपछि यहाँका करिब १दर्जन स्थानियबासीहरु बसाईसरेकाछन् । बिगतमा गहुँ मकै छरेपनि आकासे पानिको भर पर्ने उनिहरु अहिले पानी आएसंगै खुसि भएकाछन् । स्थानिय शान्ती बुडालले भनिन् ‘हाम्रो ठाउँ निकै गर्मी हुने ठाउँ हो । मेहेनत गरेर गहुँ, मकै छरेपनि सबै सुकेर जाने गरेको थियो । बिउका लागी समेत अन्न फलाउन सकिदैनथ्यो । तर अब हाम्रो बाँझो जमिन समेत सिंचित हुने भएकाले खुसि छौँ ।’


रुडेश बैतडी द्धारा सञ्चालित ट्रोसा परियोजनाले यसअघि तिर खडेनीमा लिफ्टिङ प्रणालीको सिचाई आयोजना बनाएको छ । उक्त परियोजनाको मुख्य उदेश्य अन्तरदेशीय सिमा नदि तटिय क्षेत्रका बासिन्दाहरुको जिविकोपार्जन र आर्यआर्जन बृद्धि गर्ने रहेको रुडेशका कार्यकारी निर्देशक गोबिन्द राज जोसीले बताए । उनले भने ‘चार देशहरु नेपाल, भारत, बंगलादेश र म्यानमारका अन्तरदेशीय नदिका ४ जिल्लाका लागी ट्रोसा परियोजना लागु भएको छ । यो परियोजनाले अन्तरदेशीय नदि तटिय क्षेत्रका बासिन्दाहरुको आय आर्जन, जिविकोपार्जन, खानेपानी र सरसफाईका क्षेत्रमा काम गर्ने गरेको छ ।’ 

किसानहरुलाई ब्यवसायीक खेतीमा आवद्ध हुन दशरथचन्द नगरपालिकाकी उपमेयर मिना चन्दले आग्रह गरिन् । किसानका लागी सिंचाई सुबिधाका साथै उन्नत जातको बिउ बिजन, बोट बिरुवा र कृषी उपकरण प्रदान गरेको उनले बताइन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update