Sagun Khabar
जगदम्बा आधारभूत विद्यालयको प्रधानाध्यापकमा बडू नियुक्त 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला,कलौनस्थित जगदम्बा आधारभूत विद्यालयको प्रधानाध्यापकमा अम्बादत्त बडू नियुक्त भएका छन् । 

विद्यालयका प्रधानाध्यापक भानदेव भट्ट अनिवार्य अवकाशमा परेपछि विद्यालयमा आधारभूत  तह तृतीय श्रेणीमा कार्यरत शिक्षक बडूलाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरिएको हो । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार दशरथचन्द नगरपालिकाको शिक्षा शाखाले बडूलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो । 

नवनियुक्त प्रधानाध्यापक बडूले विद्यालयको समग्र विकासका लागि आफूले पहल गर्ने बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधारदेखि भौतिक पूर्वाधार सुधारमा आफ्नो ध्यान केन्द्रित रहने बडूले बताए । 
कक्षा ८ सम्म पढाइ हुने जगदम्बा आधारभूत विद्यालयमा झण्डै एक सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update