Sagun Khabar
बैतडीका मिठाई व्यवसायीलाई प्रशासनको चेतावनीः शोकेसमा विवरण नराखे  कारबाही हुने

बैतडी— जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालित होटल तथा मिठाई व्यवसायीहरूलाई आफूले बिक्री गर्ने मिठाईको पूर्ण विवरण देखिने गरी शोकेस वा काउन्टरमा अनिवार्य राख्न निर्देशन दिएको छ ।

प्रशासनले जारी गरेको सूचना अनुसार मिठाईमा प्रयोग गरिएका कच्चा पदार्थ, तयार पारिएको तेल वा घ्युको नाम, उपभोग गरिसक्नुपर्ने (म्याद सकिने) तिथि र प्रतिकिलो मूल्य प्रस्ट रूपमा उल्लेख गरी ग्राहकले देख्ने ठाउँमा राख्नुपर्नेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही  असोज ३० गतेदेखि नै यो नियम कार्यान्वयनमा ल्याउन निर्देशन दिएको भएपनी  व्यवसायीहरूले पालना नगरेको पाइएको छ  ।  

प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा हस्ताक्षरित सूचनामा अनुगमनका क्रममा तोकिएको ढाँचामा विवरण नराखेको पाइएमा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कडा कानुनी कारबाही गरिने उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update