Sagun Khabar
तलव माग गर्दै विद्यालय कर्मचारी आन्दोलित

बैतडी - बैतडीको दशरथचन्द नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । संघीय सरकारले तोके बमोजीम आफूहरुको तलबभत्ता बढ्नुपर्ने माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।


संघीय सरकारले बजेट भाषणमा घोषणा गरे अनुसारको तलब भत्ता हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकामा ज्ञापन पत्र बुझाइएको बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन् । उनले भनिन् ‘हामी दशथचन्द नगपालिकामा ७१जना बालबिकास सहयोगी कार्यकर्ता छौँ । हामी मध्ये सबैजना कम्तीमा पनि १५ बर्ष काम गरेका छौँ । हामीले बालबालिकाहरुलाई मात्रै नभई विद्यालयमा ७ ओटै पिरयड पढाउनु पर्ने हुन्छ । हाम्रो यसै कुरालाई मध्यनजर गरी संघीय सरकारले तलव बढाएको हो । तर स्थानिय सरकारले बढेको तलव दिन आनाकानी गरेको छ । त्यसैले हामी आन्दोलित भएका हौँ ।’
माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बिद्यालय कर्मचारीहरुले बताएका छन् । बालविकास सहयोगी कार्यकर्ता मञ्जु भट्टले भनिन् ‘हामीले गत साउन महिना देखी बढेको १५ हजार तलव पाउनुपर्ने हो । तर दशरथचन्द नगरपालिकाले आनाकानी गरिरहेको छ । श्रोत छैन् भन्छ । तर हाम्रालागी बढाइएको तलव नपाएसम्म आन्दोलन गर्छौँ । पहिलो चरणमा ज्ञापनपत्र बुझाएका हौँ । माग पुरा नभएको खण्डमा तालाबन्दि, धर्ना लगायतका बिरोधका कार्यक्रम गछौँ ।’

स्वास्थ्य सन्देश
Atrya hospital


विद्यालय सहयोगी मानमति महरले भनिन् । ‘शिक्षक, बिद्यार्थी र अरु विद्यालय कर्मचारी १० बजे बिद्यालय आएपनि हुन्छ । तर हामी १ घण्टा अघि नै स्कुल आउछौँ । र स्कुल बन्द भएपछि फर्किन्छौँ । विद्यालयको सरसफाई देखी बच्चाहरुका लागी खाना पकाउने, भाडाकुडा धुने लगायतका काम गछौँ । विद्यार्थीहरुको दिशापिसाब समेत सफा गछौँ । तर तलव ४ हजार मात्रै पाउछुँ । त्यसैले सरकारले तोकेको १५हजार तलव पाउनुपर्छ ।’


संघीय सरकारले विद्यालय कर्मचारी र बालविकास सहयोगी कार्यकर्ताको तलब कम्तीमा १५ हजार पुर्याइने बजेट भाषणमा घोषणा गरेकाले सोही अनुसार तलब पाउनुपर्ने उनीहरुको माग रहेको छ । यस बिषयमा दसरथचन्द नगरपालिकाले निर्णय गर्न बाकीँ रहेकाले छलफल पछि निर्णयमा पुग्ने नगपालिकाले शिक्षा शाखा प्रमुख मोहन नाथले बताए । 


संघीय सरकारले विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता र लेखापालको तलव कम्तीमा १५ हजार पु¥याउने भनेपनी आधा रकम संघीय सरकारबाट प्राप्त हुने र आधा रकम स्थानियतहले थप्नुपर्ने भनेको थियो । तर बैतडीका केहि स्थानिय तहले बढेको तलव खुवाउन थालेका छन् । भने केहिमा रकम को श्रोत छैन् भन्दै आनाकानी गर्दा विद्यालय कर्मचारी आन्दोलित छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update