Sagun Khabar
निङ्गलाशैनी भगवतिको जात्रामा साढे ३सय रांगाको बलि दिइयो

बैतडी-बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा लागेको छ । हिजो महासप्तमीका दिन शुरु भएको जात्रा आज महाष्टमीमा रांगा बोकाको बलि सहित सम्पन्न हुने गर्दछ ।

आज लागेको जात्रामा करिव साढे ३सय रांगाको बलिदिइएको छ । २ सय ४६ रांगा समितिमा दर्ता गरिएको र १सय बढी रांगा थप आएको हुनसक्ने जात्रा ब्यवस्थापन समितिले जनाएको छ । गतबर्ष कोरोनाको प्रकोपका कारण सम्पन्न हुन नसकेको जात्रा यसपालि भने कोरोनाको प्रकोप कम भएकाले धुमधाम संग लागेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस जात्रामा बैतडी सहित छिमेकी जिल्लाहरु र भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् । भारतको कुमाउ, गडवालका दर्शनार्थीहरु मकोकामना पुर्ण हुने भन्दै दर्शन गर्न यस जात्रामा आउने गरेकाछन् । 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय देहीमाण्डौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि घटस्थापनादेखि नै देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।

वडा कार्यालयको निर्णयको कसैले उल्लंघन गरेमा कानुन अनुसार कारवाही हुने बताइएको छ । यस्तै स्थानीय प्रशासनले पनि जात्रा तथा मेला मनाउँदा शान्ति सुरक्षामा खलल पुर्याउने काम कसैले गरेमा कारवाही हुने बताएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update