Sagun Khabar
बैतडीमा एक जना  पुरुषको शव फेला पर्यो
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी - बैतडीमा एक जना  पुरुषको शव फेला परेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी किनारमा शव फेला परेको हो । स्थानीयले शव देखे पछि शनिबार बिहान ६ बजेतिर प्रहरिलाइ खबर गरेका थिए । 

 जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खडकाका अनुसार शव करिब ४० बर्षिय पुरूषको हुन सक्ने अनुमान गरिएको छ । शव पोष्ट्रमार्टमको लागि जिल्ला अस्पताल ल्याइदैछ । शवको पहिचान खुलेको छैन , थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update