Sagun Khabar
नेकपा(एस) बैतडीको जिल्ला इन्चार्जमा भट्ट, दार्चुला इन्चार्जमा बिष्ट

बैतडी-नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन भएकाछन् । भट्ट केन्द्रीय पोलिट ब्यूरो सदस्य सहित जिल्ला इन्चार्ज चयन भएका हुन् । 


नेकपा एमाले बिभाजन पछि बनेको नेकपा (एस)मा गएका भट्टलाई पार्टी स्थाई कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो । भट्ट बैतडीमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसैगरि पुर्व प्रदेश मन्त्री तथा नेकपा (एस)का केन्द्रीय सदस्य माँया भट्ट प्रदेश सह–सचिवमा चयन भएकी छन् । यसअघि एमाले हुँदा र माओवादी संगको एकतापछि बनेको नेकपा हुदाँका बेला प्रदेश कमिटि सदस्य रहेकी भट्ट अहिले नेकपा (एस)को प्रदेश सह– सचिव चयन पदमा चयन भएकी हुन् ।

यसैगरि नेकपा एमाले बैतडीका पुर्व अध्यक्ष तथा प्रदेश कमिटि सदस्य रहेका नरेन्द्र बिष्ट नेकपा(एस)को केन्द्रीय सदस्य सहित दार्चुलाको जिल्ला इन्चार्जमा चयन भएकाछन् ।

गत बिहिबार देखी जारी स्थाई कमिटिको बैठकले नेताहरुको जिम्मेवारी बाडँफाड गरेको हो । पार्टीका नियमित कामकाजहरु अब अगाडी बढाउने नेता बिष्टले बताए । कार्तिक ३ गतेका दिन बैतडी जिल्ला कमिटिको बैठक बसि आगामी कार्यक्रमहरु तय गरिने उनले बताए । 

आगामी दिनमा पार्टीको पालिका तथा वडा स्तरका कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए । पालिका र वार्ड स्तरमा संगठन बिस्तार तथा सुदृढीकरणका कार्यक्रम आयोजना गरिने नेकपा (एस)बैतडीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update