Sagun Khabar
बिद्युतसेवा, फोनसेवा र इन्टरनेट सेवा अवरुद्ध 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी – बैतडी सहित सुदुरपश्चम प्रदेशका ७ पहाडी जिल्लामा गयराति देखी बिद्युत, इन्टरनेट तथा फोन सेवा अवरुद्ध भएको छ । बर्षाका कारण कैलालीको खानीडाडाँमा बिद्युत पोल ढलेपछी नेपाल टेलिकमले प्रदान गर्ने फोन तथा इन्टरनेट सेवा पुर्ण रुपले अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रिय कार्यालय अत्तरियाले जनाएको छ । विद्युत लाईन संगै टेलिकमको फाइवर समेत रहेकाले फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको हो । 

नेपाल टेलिकमको प्रादेशीक कार्यालय अत्तरियाका प्रविधिक अधिकृत सुरेन्द्र कार्कीले भने ‘खानिडाँडामा सुदुरपश्चिमका पहाडी जिल्लाहरु जोड्ने थ्रिफेज बिद्युत पोलमा रुख ढलेकाले फाइवर भाचीँको छ । जसका कारण सुदुरपश्चिमका पहाडी जिल्लाहरुको ल्याण्डलाइन फोन सेवा, फाइबर तथा एडिएसएल इन्टरनेट सेवा र नमस्ते फोनसेवा अवरुद्ध भएको हो । हाम्रो कार्यालयका प्राविधिकहरु बिग्रेको ठाउँमा जान खोजेपनी सडक अवरुद्ध भएकाले पुग्न सकेका छैनन् ।’

लगातारको भारी बर्षाले काम गर्न असहज भएको नेपाल टेलिकमको प्रादेशीक कार्यालय अत्तरियाले जनाएको छ । अवरुद्ध भएको फाईवर तथा बिद्युत सेवा बनाउने प्रयास गरिरहेको सम्वन्धीत निकायका अधिकारीले बताएकाछन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update