Sagun Khabar
रहेनन् सबैका पृय मोहन सर

बैतडी-बैतडीको पाटन बजार स्थीत पाटन बहुमुखि क्याम्पसका उप–प्राध्यापक मोहन जोशीको बुधबार भारतको पिथौरागडमा भएको दुर्घटनामा मृत्यु भयो । ४६ बर्षिय जोशीको निधनमा बिहिबार १हजार बढी ब्यक्तिको उपस्थीतिमा शवयात्रा निकालियो । र उनिहसंगै ज्यान गुमाएका दिपक अवस्थी र उनको त्रिपुरेश्वर आर्यघाटमा दिउँसो दाहसंस्कार गरियो । 
 

को थिए मोहन सर ?
पाटन बहुमुखि क्याम्पसका उप–पा्रध्यापक मोहन जोसी सबै बिद्यार्थीहरु र स्थानियबासीका पृय ब्यक्ति थिए । शिक्षकहरुले विद्यार्थीलाई तिमि अथवा तँ भनेर बोल्ने गर्छन् । र उनि आफैले पढाउने  बिद्यार्थीहरुलाई उनि तपाई अथवा हजुर भनेर बोल्ने गर्दथे । 

स्वास्थ्य सन्देश
Atrya hospital


जोशी अंग्रेजी बिषयका अध्यापक थिए । जोशीको निधनले क्याम्पसलाई मात्रै नभई समग्र समाजलाई अपुरणीय क्षति पु¥याएको पाटन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख उत्तम भण्डारीले बताए । उनले भने यस क्याम्पसमा ‘२०६५ साल देखी कार्यरत मोहन जी सबै बिद्यार्थी र स्टाफहरुका पृय पात्र थिए । उनि सबैले सम्मान गरेका ब्यक्ति हुन् । बुवा पुजारी भएकाले उनिपनी पुजापाठमा सरिक हुने गर्दथे । पुजा पाठकै सिल्सिलामा भारत गएका उनि सहित ५ जनाको जीप दुर्घटनामा निधन भयो । उनको निधनले हामी पाटन बासी सहित सबै जिल्ला बासी स्तब्ध छौँ ।’ 


सुक्रबार सिमावर्ति गाउँ भारतको पिथौरागडमा उदयदेव मन्दिरको सिलान्यास गर्ने कार्यक्रम थियो । सिलान्यास गर्नका लागी ४ धामको जल ल्याएर फर्किने बेला जीप दुर्घटना भएको हो । 


पिथौरागडमा ज्यान गुमाएका जोशीले उच्च शिक्षा पिथौरागड बाटै अध्ययन गरेका थिए । कक्षा १२ पास गरेपछि सिमावर्ति भारतको पिथौरागड गएका जोशीले पिथौरागड निवासी बिनोद बहादुर चन्दको घरमा बसेर पढेका थिए । अन्ततः भारतिय सेनाका रिटायर्ड चन्दले नै चलाएको गाडी दुर्घटनामा जोशी र चन्द सहित ५जनाले ज्यान गुमाएका हुन् । 


मृतक जोशी हरेक सामाजिक कृयाकलापमा अग्रसर हुने ब्यक्ति थिए । बिवाह, व्रतबन्ध, जात्रा तथा कुनैपनि शुभकार्य हुदाँ जोशी खटनपटनमा अग्रसर हुने गर्दथे । आफु पुजारी/पण्डितको छोरा भएपनी जातिय विभेद र सबैखाले सामाजिक विभेद हटाउन अग्रसर हुने गरेको स्थानिय कमल बोहराले बताए । 


जोशी नेकपा एमालेका संगठीत सदस्य समेत थिए । पछिल्लो समय उनि नेकपा एकिकृत समाजवादी निकट रहेको समाजवादीका युवा नेता चमन कुमार भण्डारीले बताए । सुसंस्कृत राजनितिको पाठन सिकाउने र सबैसंग मिल्ने तथा समाजलाई मिलाउने जोशीको निधनले समाजलाई नै अपुरणीय क्षति पु¥याएको भण्डारी बताउछन् ।

उनि सबै क्षेत्र, सबै वर्ग समुदायका व्यक्तिहरु संग समान व्यवहार राख्ने व्यक्ति रहेको निर्माण व्यवसायी मदनमोहन बिष्टले बताए । उनिमात्रै नभई उनको पुरै परिवार समाजीक चेतना अभिवृद्धी गर्ने अभियानमै रहेको उनले बताए । हार्दीक श्रद्धासुमन मोहन सर ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update