Sagun Khabar
एमालेले बैतडीका ७८ वडामा अधिवेशन सम्पन्न ग¥यो, कँहा को अध्यक्ष बने ?

बैतडी-बैतडी जिल्लाका ७८ वडाहरुमा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ९ वडामा हिजो सम्म वडा अधिवेशन सम्पन्न भएकोमा बाकीँ रहेका मध्ये ६९ वडाहरुमा अधिवेशन सम्पन्न भएको हो । जिल्लाका ८४ वडाहरुमध्ये अन्य ६ वडामा भोली अधिवेशन हुने एमाले बैतडीले जनाएको छ । 


आज अधिबेशन भएका सबै वडाहरुमा सर्वसम्मतिबाट वडा कमिटिहरु चयन भएको पार्टीका बैतडी कार्यालय सचीव सरस्वति नेपालीले बताइन् । 


जिल्लाको दशरथचन्द नगरपालिका वडा न. १मा बिष्णुदत्त भट्टको अध्यक्षतामा पार्टीको वडा कमिटि गठन गरिएको छ भने, वडा न. २मा खडकसिंह बोहराको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको छ । वडा न. ३मा राजेन्द्र नाथ, वडा न. ४मा प्रेम बोकटी, वडा न. ५मा नमराज भट्ट, वडा न. ७मा हरिसिंह बडु, वडा न.८मा किसन गुरु, वडा न.९मा भवानी दत्त जोसी, वडा न. १०मा गोबिन्द सिंह बुडाल र वडा न.११मा करन चन्द चयन भएको एमाले बैतडी जिल्ला सचिव तथा प्रदेश सभा सांसद लिलाधर भट्टले बताए । वडा न. ६मा भोली अधिवेशन हुनेछ ।

स्वास्थ्य सन्देश
Atrya hospital


यसैगरि जिल्लाको शिवनाथ गाउँपालिका वडा न.१मा माधव चाड, २ मा प्रकाश साउद, वडा न.३मा देवानसिंह साउद, वडा न. ४मा सेरसिंह महरा, वडा न.५मा हमेश पहरी र वडा न. ६मा बिक्रम धनाडी चयन भएकाछन् । 


जिल्लाको मेलौली नगरपालिका वडा न. १ मा प्रेमराम दयाल, वडा न. २मा खगेन्द्र वड, वडा न. ३मा हिम्मत चन्द, वडा न. ४मा मोहन चन्द, वडा न. ५मा तिलक सिंह पुजारा, वडा न. ८मा बहादुर ठगुन्ना र वडा न. ९मा असोक बहादुर चन्द चयन भएको एमाले बैतडी जिल्ला कमिटि सदस्य बलभद्र दयालले बताए । वडा न. ६र ७मा भोली अधिवेशन हुनेछ ।


जिल्लाको पञ्चेश्वर गाउँपालिकाको वडा न. १मा कृष्ण घटाल, वडा न. २मा देव बहादुर चन्द, वडा न. ३मा बलबिर जोसी, वडा न.४मा प्रकास चन्द र वडा न. ६मा लक्षिसिंह भण्डारी चयन भएकाछन् । 


जिल्लाको दोगडाकेदार गाउँपालिकाको वडा न. १मा उत्तम जोसी, वडा न. २मा उमापति भट्ट, वडा न.३मा करनराम भूल, वडा न. ४मा तर्कराज भट्ट, वडा न.५मा मोहनसिंह कार्की, वडा न.७मा नैनसिंह गोयला, र वडा न.८मा डम्बर बिष्टको अध्यक्षतामा वडा कमिटिहरु चयन भएको पार्टीका गाउँपालिका कमिटि अध्यक्ष काशिसिंह बिष्टले बताए । 


जिल्लाको पाटन १मा गणेशदत्त भट्टराई २मा महेश प्रसाद पन्त, २मा प्रेमसिंह बिष्ट, वडा न. ५मा भरतसिंह ठगुन्ना, वडा न. ७ मा कर्ण पेला, वडा न. ८ मा हरिदत्त भट्ट, वडा न. ९ मा इन्द्रसिंह बोहरा र वडा न. १०मा मन्धिरसिंह साउद चयन भएको पार्टी जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए । 


जिल्लाको पुर्चौडी नगरपालिकाको वडा न १मा जनकराज जोसी, वडा न.२मा हेमराज पन्त, वडा न. ३मा लक्ष्मण धामी, वडा न. ४मा बल्देव धानुक, वडा न.५मा बिरसिंह बोहरा, वडा न. ६मा नारद प्रसाद अवस्थी, वडा न. ७मा देव सिंह ऐरी, वडा न. ८करन बहादुर धामी, वडान.९मा लोकेन्द्र बहादुर बिष्ट र वडा न. १०मा धन बहादुर महरा अध्यक्ष चयन भएकाछन् । 


जिल्लाको सुर्नया गाउँपालिकाको वडा न.१मा उद्धबहादुर चन्द, वडा न. २मा बिष्णु ब बिष्ट, वडा न. ४मा बिरेन्द्रसिंह महरा, वडा न. ५मा धौलसिंह मडै, वडा न. ६मा मदन कुवर, वडा न. ७मा हर्क बहादुर कुवर र वडा न. ८ मा धनी साउदको अध्यक्षतामा वडा कमिटि चयन भएको पार्टीको जिल्ला सचिवालयउ सदस्य भगीरथसिंह कुवरले बताए ।  


डिलाशैनी गाउँपालिका वडा न. १को अध्यक्षमा बिरेन्द्र महरा, वडा न.२मा जंग बहादुर घरडी, वडा न. ३मा गोकर्ण राना, वडा न. ४मा महेश पन्त, वडा न. ५मा कृष्णनाथ योगी, वडा न. ६मा धनसिंह माल र वडा न. ७मा जनक धामी अध्यक्षमा चयन भएको एमाले जिल्ला कमिटि सदस्य गोबिन्द गिरिले बताए । 


जिल्लाको सिगास गाउँपालिकाको वडा न.१मा धनीराम भट्ट, वडा न. २मा कृष्ण सिंह धामी, वडा न. ३मा मानसिंह ढाट, वडा न. ४मा मिन बहादुर बोहरा, वडा न. ५मा सुरेन्द्र सिंह धामी, वडा न. ६मा कालु दमाई, वडा न. ७मा कुटुक साउद, वडा न.८मा डम्बरसिंह बोहरा र वडा न. ९मा जनकसिंह धामी अध्यक्षता चयन भएको पार्टीको गाउँपालिका कमिटि इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य जसबिर बोहराले बताए । 

आज गठन भएका अधिकांश वडाहरुमा भातृ संगठनहरु को समेत वडा कमिटि गठन गरिएको छ । 


आज अधिवेशन हुन नसकेका वडाहरुमा दशरथचन्द नगरपालिका वडा न. ६ पाटन नगरपालिका वडा न.४ र ६ मेलौली नगरपालिका वडा न. ६र ७ तथा सुर्नया गाउँपालिका वडा न. ३ रहेकाछन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update