Sagun Khabar
१५ बर्ष अघि १०जनाको परिवार गुमाएका पहिरो पीडितको त्रिपालको बास, पाएनन् जनता आवास 

बैतडी १८ कात्तिक
वि.स.२०६३ साल भदौ ९ गते राति १२ बजे अविरल बर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका वडा न. ६ टाक गाउँको एक परिवारका १०जनाले ज्यान गुमाए । बर्षाका कारण २ घर भत्किएपछि त्यस दिन घरमा नभएका व्यक्ति बाँचेका थिए । उतिबेला मृतकको आश्रीत परिवारलाई प्रति मृतक १५ हजार रकमका दरले १लाख ५०हजार राहत पाइएको थियो ।

त्यस बाहेक उनिहरुले कतैबाट केहिपनि सहयोग पाएनन् । भत्केको घर नजिकै झुप्रोमा बास बस्दै आएका थिए । उनिहरु बस्दै आएको घर अहिले जिर्ण भैसकेको छ । यहि कात्तिक पहिलो हप्ता भएको अविरल बर्षाका कारण बाँकी रहेको उक्त घर समेत पहिरोको उच्च जोखिममा परेको छ । अहिले पीडित डम्बर राम महरको ७ जनाको परिवार त्रिपाल मुनि बस्दै आएको छ ।  

स्वास्थ्य सन्देश
Atrya hospital

पीडित महरले भने‘२०६३ सालमा म बझांगमा रहेकाले बाँचेको हुँ । मेरा ठुलाबुवा र दाईको परिवारको पहिरोमा पुरिएर मृत्यु भएको थियो । मेरो छोरी सहित ४जना गभ्मीर घाइते भएका थिए । छोरी पदमालाई २दिन पछि पहिरोबाट निकालिएको थियो । उनको नशा च्यापिएकाले अहिले पनि दैनिक औषधी खुवाउनु पर्ने र हरेक २महिनामा भारतको बरेली अस्पताल लग्नुपर्छ । त्यो पीडा एकातिर छदैँ थियो । तर यसपालिको बर्षाले मेरो ४ रोपनी जमीन बगरमा परिणत गरिदिएको छ भने, घर जिर्ण भैसकेको छ । अहिले त्रिपाल मुनिको बास भएको छ पानि पपरेको दिने उभिएरै रात कटाउछौँ ।’ 

जनता आवास कार्यक्रम मार्फत घर निर्माणका लागि निवेदन दिएपनि आफु छनोटमा नपरेको उनले गुनासो गरे । महरले भने ‘२पटक जनता आवास कार्यक्रमका लागि निवेदन आह्वान हुँदा निवेदन दिएको छु । अन्य ठाउँका मेरो भन्दा कम पीडा भएका व्यक्ति छनोट हुन्छन् । मेरो निवेदन स्वीकृत भएको छैन् । पहिलाको बाढीमा बचेको खेत समेत अहिले बगेकाले घर बनाउने ठाउँ समेत छैन् । छोरी हेमाको परिवार पनि माइत मै रहेकाले उनको समेत मैले नै गासबासको व्यवस्था गर्नु परेको छ । अत्यन्त पीडामा छु । कसरी गासबासको व्यवस्था गर्ने केहि सोच्नै सकेको छैन् ।’ उनकी छोरी हेमाका पतिको मृत्यु भएको महरले बताए । 
२०६३ को घटना हुँदा २ दिनपछि पहिरोबाट निकालिएकी महरकी घाइते छोरी पदमा अझै उपचारको क्रममा छिन् । उनलाई हरेक २ महिनामा उपचारका लागि भारतको बरेली लग्नु पर्छ । 

उतिबेला कैले महर, उनका छोरा बिश्राम र बुहारी लक्ष्मी तथा नाति नातिनी भुवनेश्वर, रेखा, चिना, संका र पिंकीको ज्यान गएको थियो । यसैगरी उतिबेला भारतमा रहेका रत्ने महरका छोरीहरु रितु र गोमतिको मृत्यु भएको थियो । 
०६३सालमा महर परिवारका २ घर भत्किएका थिए । एक ढलान घर र अर्को आठ कोठे छानो भएको घर भत्किएको थियो भने, यस बर्षको बेमौसमी बर्षामा बाँकी रहेको घर र सबै खेतबारी पहिरोले लगेपछि महर परिवारको विचल्ली भएको छ । 
अहिले महर राहतको खोजिमा दैनिक जिल्ला सदरमुकाम धाउने गरेपनि सुनुवाई नभएको बताउछन् । उनले वडा देखि नगरपालिका, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सबै ठाउँमा आफ्नो पीडा सुनाइ सकेको बताएकाछन् । पीडा माथी पीडा थपिएका महर परिवारको समस्या समाधान नभएपछि अझैपछि परिवार नै राहतको खोजिमा भौतारीएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update