Sagun Khabar
खैरो हिरोइन  र नाइट्राभेट–१० ट्याब्लेट  सहित एक युवक पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुरमा लागऔषधसहित  बेल्डाडी गाउँपालिका–२ बाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्डाडीको टोलीले बेदकोट नगरपालिका–६ बसन्तपुर बस्ने २७ वर्षीय घनश्याम पन्तलाई मङ्गलबार  बिहान पक्राउ गरेको हो ।

उनको साथबाट खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१० लेखेको ९२ ट्याब्लेट बरामद गरिएको हो । उनि सवार मोटरसाइल  म १ प ६२४३ नम्बरको रहेको   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

पक्राउ परेका  पन्तलाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update