Sagun Khabar
उपचार पछि झन् समस्यामा परेकी अपांग अम्मराद्वारा उपचारमा सहयोगको याचना

बैतडी - बैतडीको पुर्चौडी नगरपालिका–६ स्वाडी बस्ने अम्मरा साउद २३बर्ष पुगिन् । उनि जन्मजात अपांगता भएकी व्यक्ति हुन् । 
उनको बाँया खुट्टा र बाँया आँखाले काम गर्दैनन् । बाँया आँखाले पटक्कै नदेख्ने र हिडडुल गर्न खोज्दा बाँया खुट्टा पटक्कै नचल्ने उनि बताउछिन् । 

अम्मराको घरको आर्थिक अवस्था निकै नाजुक रहेको छ । उनको बुवाको १९ बर्ष अघि नै मृत्यु भएको हो भने घरमा दाजुले मजदुरी गरेर कमाएको पैषाले दैनिक हातमुख जोड्न सम्म पनी मुस्किल पर्छ । उनको घरमा दाजु, भाउजु र बुढि आमा छन् । अम्मराको परिवार चुहिने छानो भएको घरमा बस्छ । 

पटक–पटक उपचारका लागि पुर्चौडी नगरपालिकासंग अनुरोध गरेकी अम्मराले गत आर्थिक बर्षमा उपचार खर्च वाफत ५०हजार रकम प्राप्त गरिन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

उक्त रकम साथमा लिएर आफन्त संगै उपचारका लागि गत माघ महिनामा काभ्रे जिल्लाको बनेपा स्थीत अपांग बाल अस्पताल पुगेकी अम्मरा १ महिना सम्म अस्पतालमा भर्ना भइन् ।

जसोतसो ऋण निकालेर १लाख बढी खर्च व्यवस्थापन गरेकी अम्मराको खुट्टाको अप्रेसन गरियो । अप्रेसन पछि उनलाई चैत ११गते पुनः अस्पताल आउन भनिएको थियो । तर गाडि भाडाका लागि समेत रकम जुटाउन नसक्दा उनि बनेपा अस्पताल पुग्नै पाइनन् । 

बनेपा अस्पताल जानका लागि घरबाट हिडेकी अम्मरा धनगढी सम्म मात्रै पुग्न सकिन् । उनले कैलालीमा रहेको पदमा अस्पतालमा १०हजार खर्च गरि आफ्नो खुट्टाको प्लास्टर निकालिन् । त्यसपछि घर फर्केकी उनलाई अहिले विगतको भन्दा बढी समस्या भएको छ । 

पीडित साउदले भनिन्‘म पहिला उपचार नगरेको अवस्थामा बैशाखी टेकेर १–२ घण्टा हिड्न सक्दथे । अहिले अप्रेसन गरेपछि झनै समस्या भएको छ । अहिले घर बाहिर आउन समेत समस्या हुन्छ । मेरो खुट्टामा हालेका रड र किलाहरु बिझाउँछन् । दोश्रो पटक अस्पताल आउनु भनेकोमा पैषाको अभावका कारण अस्पताल जान सकेकी छैन् । घरमा एक रुपँया कमाई छैन् । मेरो पिडा बुझेर कसैले धेरथोर रकम आर्थिक सहयोग गरिदिएमा आभारी हुनेथिए । नगरपालिकाले समेत एक पटक बाहेक बेला बेलामा सहयोग गर्न पाइदैन् भनेको छ । के गर्ने म ठिक भएमा केहि काम पाए गर्ने थिए । तर ठिक हुन्छु की हुदैँन थाहा छैन् । उपचार गरेपछि यस्तो समस्या आउछ भन्ने थाहा भएको भए अस्पताल नै जाने थिएन् । अस्पताल गएपछि झन समस्या बढ्यो ।’

अहिले आफुलाई बैशाखी टेक्न समेत समस्या भैरहेको पीडित साउदले सुनाइन् । आफु हालसम्म उपचारका लागि बझांग अस्पताल, जोगबुडा अस्पताल र काभ्रेको बनेपा अस्पताल पुगेपनी उपचार सम्भव नभएको उनले बताइन् । 

अम्मराका दाई गोरे साउद दैनिक भारी बोक्ने काम गर्दछन् । भारी बोकेको ज्यालाले दैनिक छाकटार्ने गरेकाछन् । बर्षाका बेला चुहिने घरमा बस्ने अम्मराको परिवारको आर्थिक अवस्था नाजुक रहेकाले उपचार गर्न सक्ने अवस्था छैन् । 

सहयोगी मनहरुलाई उपचारमा आर्थिक सहयोग गरिदिन उनले याचना गरेकी छिन् । 

अपांगता भएकी अम्मरा साउदलाई कसैले आर्थिक सहयोग गर्न चाहेमा मोबाइल नम्बर ९८४२१९०३४२ मा सम्पर्क गर्न सकिनेछ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update