Sagun Khabar
बैतडीका प्रसिद्ध धामहरुमा भव्य रुपले जात्रा हुदैँ

बैतडी-बैतडीको सुर्नया गाउँपालिका ४ स्थीत सनसेरीमाण्डौँ मन्दीरमा लागेको जात्रा भव्य रुपले सम्पन्न भएकोछ । बुधबार सााझ देखी लागेको भव्य जात्रा बिहिबार बिहान सम्पन्न भएको मन्दीरका पुजारी बिष्णुदत्त भट्टले बताए । रातिको समयमा राती दर्शनार्थीहरुको उपस्थीति बढी हुने गरेको उनले बताए । 

जात्रामा सुर्नया गाउँपालिका सहित जिल्लाभरीबाट दर्शनार्थीहरु आउने र बसाई सरेका ब्यक्तिहरु समेत जात्राका लागी घर फर्किने स्थानिय गणेश बहादुर महराले बताए । रौलाकेदार धाममा समेत भव्य जात्रा लाग्ने उनले बताए । रौलाकेदार धामको जात्रामा उपस्थीत भई दर्शन गरेमा मनोकामना पुर्ण हुने जनविश्वास रहेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस धाममा हरेक तीन बर्षमा जात्रा लाग्ने गर्दछ । उक्त जात्रामा सिमावर्ति भारतबाट समेत दर्शनार्थीहरु आउने गरेकाछन् । बिभिन्न ठाउँबाट बाँजागाजा सहित भक्तजनहरु रौलाकेदार धाममा पुग्ने गरेको त्यँहाबाट हाम्रा सहकर्मी महराले बताए । भक्तजनहरु राती धाममै बास बसेर भोलीपल्ट स्नान गरी घर फर्कने गरेको उनले बताए । 

यसैगरी सुर्नया गाउँपालिका–८ स्थीत गुफा केदार मन्दीरमा बुधबार भव्य जात्रा लागेको छ । उक्त मन्दीरको जात्रा सम्पन्न भएपछी बिहिबार गलिनाथ मन्दीर र सुक्रबार भुमिराज मन्दीरमा जात्रा लाग्ने पुजारी बिनोद अवस्थीले बताए । गुफाकेदार मन्दीर यस क्षेत्रको प्रसिद्ध धार्मीक स्थल भएपनी प्रचार प्रसारको अभावले ओझेलमा परेको उनले बताए । 

गुफा केदारमा दर्शन गर्न आउने व्यक्तिको मनोकामना पुरा हुने जनविश्वास रहेको अवस्थीले बताए । अवस्थीले भने, ‘यस मन्दीरमा भाकल लिएर आउने दर्शनार्थीहरुको मनोकामना पुर्ण हुन्छ । निसन्तान लाई सन्तान र निर्धनी लाई धन सम्पती दिन्छ भन्ने विश्वास छ । त्यो भाकल लिएर आएको कयौँ व्यक्तिको भाकल पुरा भएको छ ।’ 

सन्तान सुख र सम्पति सुख प्राप्त हुने बिश्वास रहेको उनले बताए । भुमिराज मन्दीरमा लाग्ने जात्रामा १सय ५० बढी बोकाको बलि दिइने पुजारी अवस्थीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update