Sagun Khabar
एमाले बैतडीका उपाध्यक्ष र उपसचीवको सपथ ग्रहण, जनवर्गिय संगठनका अधिवेशन आगामी पुस ३ भित्र

बैतडी-नेकपा एमाले बैतडीको जिल्ला उपाध्यक्षमा रमिल बम चयन भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदमा उनलाई २४ कात्तिकमा प्रदेश कमिटीको बैठकले चयन गरेपछि सुक्रबार सपथ ग्रहण गराइएको छ । 

यसैगरी प्रदेश कमिटीको बैठकले जिल्ला उपसचीवमा सरस्वती नेपालीलाई नियुक्त गरेपछि दुवैजना लाई सुक्रबार जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पालले सपथ ग्रहण गराएका हुन् । दुवै जनाको सपथ ग्रहण सहित केहि महत्वपुर्ण विषयमा छलफल गर्दै एमाले बैतडीको पुर्ण बैठक सुक्रबार सम्पन्न भएको पार्टीको जिल्ला कमिटी सदस्य लोक बहादुर भण्डारीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस अघि पार्टीका निर्वाचित उपाध्यक्ष पुरनसिंह दयाल हाल केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज समेत रहेकाले रिक्त उपाध्यक्ष पदमा युवानेता बमलाई चयन गरिएको हो ।

यसैगरी १जना उपसचीवको पद रिक्त रहेकोमा उक्त पदमा नेतृृ नेपाली लाई चयन गरिएको एमाले बैतडीले जनाएको छ । नव नियुक्त दुवैजना यसअघि जिल्ला कमिटि सचिवायलय सदस्य रहेका थिए । 

सुक्रबारको बैठकले १२ कात्तिकमा सम्पन्न वडा कमिटीहरुको अधिवेशन र १५ कात्तिकमा सम्पन्न पालिका कमिटीहरुको अधिवेशनका बिषयमा छलफल गरेको छ । पार्टीको वडा र पालिका कमिटीहरुलाई व्यवस्थीत बनाउने, पालिका स्तरीय जनवर्गिय संगठनहरुलाई व्यवस्थीत बनाउने बिषयमा छलफल भएको पार्टी जिल्ला कमिटी सदस्य बलभद्र दयालले बताए । 

सुक्रबार सम्पन्न बैठकले पार्टीको जनवर्गिय संगठनका जिल्ला अधिवेशनको मिति समेत तय गरेको छ । जस अनुसार युवा संघको जिल्ला अधिवेशन मंसिर २० गते, अनेरास्ववियुको मसिंर २५ गते, अखिल नेपाल महिला संघको मंसिर २८ गते, नेपाल उत्पीडित जातिय मुक्ति समाजको पुस २ गते र किसान महासंघको पुस ३ गते जिल्ला अधिवेशन गर्न मिति तय गरिएको पार्टीको जिल्ला कमिटी उपसचीव सरस्वती नेपालीले बताइन् । 

एमाले जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संघीय सांसद समेत रहेका पार्टीको प्रदेश कमिटीका सदस्य दामोदर भण्डारी प्रमुख अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update