Sagun Khabar
१ बर्ष लगाएर कालोपत्रे गरेको सडक ६ महिना नपुग्दै बिग्रेपछि फेरी बनाउदैँ ठेकेदार

बैतडी -बैतडी जिल्ला सदरमुकाम स्थीत गढी देखी गोठलापानी सम्म कालोपत्रे गरिएको सडक ठाउँठाउँमा भक्तिएपछि पुनः काम सञ्चालन गरिएको छ । 

४ करोड ३१ लाख रकमको सम्झौतामा के एस कन्सट्रक्सन धनगढीले कालोपत्रे गरेको उक्त सडक अहिले पुर्ननिर्माणको काम अन्तीम चरणमा पुगेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कालोपत्रेको काम सकिन लागेको र सडक बत्ती राख्ने तथा पेण्टीङ गर्ने काम बाकीँ रहेको ठेकेदार पदम गाउँलेले बताए । उनले भने, ‘हामीले काम तिब्र गतिमा अगाडी बढाएका छौँ । अबको १ महिना भित्रै सडक निर्माण सम्पन्न गरेर सहरी बिकास कार्यालय र दशरथचन्द नगरपालिकालाई बुझाउन आतुर छौँ । यसअघि निर्माण गर्दा मौसमको प्रतिकुलताले समस्या भएको थियो । अहिले परिपक्क ढंगले निर्माण भएको छ । सडक सोलार बत्ति र पेण्टीङ लगायतको केहि काम बाँकी थियो । अहिले सबै सम्पन्न गरेर सम्बन्धीत निकायलाई हस्तान्तरण गर्ने तयारीमा छौँ ।’

गढी–गोठलापानी सडकमा परिपक्क ढंगले काम नगरेको भन्दै विभिन्न निकायबाट विरोध हुनुका साथै सञ्चारमाध्यमहरुबाट समाचार सम्प्रेशण भएपछि ठेकेदारको भुक्तानि रोकिएको थियो । तर बिग्रिएको सडक फेरी बनाउन लागेकोमा अब भने परिपक्क ढंगले काम हुने स्थानियबासीमा आस पलाएको छ । 

गढी–गोठलापानीको करिव २ किलोमिटर सडक बिगत देखि पटक–पटक बनाएपनि बिग्रने गरेकाले यसपालि मजवुत ढंगले काम गरिनुपर्ने अधिकारकर्मी राजुराम भुलले बताए ।

उक्त सडक कुनैपनी ठेकेदारले १ बर्ष लगाएर बनाएपनी ६ महिनामै भक्तिने गरेकाले अझैपनी मजबुत ढंगले बन्नेमा आशंका रहेको नागरिक समाजका अगुवा धनिराम लोहारले बताए । उनले भने, ‘यो सडक प्रयोग गरेर सुबिधा होला भन्दापनि आफ्ना मान्छेलाई रोजगारी दिन वा आफु निटक ठेकेदारलाई ठेक्का पारेर कमिसन खान योजना हालेजस्तो लाग्छ । नत्र कुनैपनि ठेकेदार ले निर्माण गरेपनि परिपक्क निर्माण हुनै सकेको छैन् ।’

गोठलापानिका स्थानिय व्यापारी खिमानन्द भट्टले भने, ‘गढी–गोठलापानी सडक बाट जिल्लाका २ दर्जन बढी सरकारी कार्यालयहरुका हाकिम तथा कर्मचारी, सबै राजनितिक दलहरुका नेताहरु दैनिक ओहोर दोहोर गर्छन् । सडकको हालत दयनिय हुदाँ कसैलाई मतलव थिएन् । यसपालि मात्रै ठेकेदारको भुक्तानि नै रोकिएकाले फेरी निर्माण सुरु गरेको छ । काम राम्रो होस । उक्त सडक भएर जिल्ला प्रशासन प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, प्रहरी, सेना, दशरथचन्द नगरपालिका, सही विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मालपोत,नापी देखी जिल्लाका सबै मुख्य कार्यालय जाने मुख्य बाटो भएपनि निर्माण कम्पनिले परिपक्क काम नगर्दा नत कुनै निर्माण कम्पनिलाई कारवाहि भएको छ, न सडक राम्रो संग बनेको छ ।’

गढी गोठलापानीको मुख्य सडक निर्माणको काम कमसल ढंगले भएको भन्दै सरोकारवाला निकायलाई घचघच्याएपछि पुनः काम सञ्चालन गरिएको प्रदेश सांसद लिलाधर भट्टले बताए  । सडक निर्माण कार्य अलपत्र छाडेको ठेकेदार कम्पनी र निर्माणको जिम्मा दिने कार्यालयलाई पुनः काम सञ्चालन गर्न बाध्य गराएपछि निर्माणको काम थालिएको उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update