Sagun Khabar
स्थानीयको अवरोध र सरोकारवालाको असहयोगले गढी-गोठलापानी सडक बनाउन समस्या

बैतडी-बैतडीको जिल्ला सदरमुकाम गढी देखि गोठलापानी सम्मको सडकखण्ड स्थानियबासीको अवरोधका कारण मजबुत ढंगले निर्माण गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ । 

१हजार१ सय मिटर लम्बाइ रहेको उक्त सडक कालोपत्रे गर्न ठेक्का पाएको धनगढीको के.एस. कन्सट्रक्सनले काम गर्ने बेलामा विभिन्न प्रकारका अवरोधहरु आएको ठेकेदार पदम गाउँलेले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

आफुहरुलाई स्थानियबासीले काममा अवरोध गरेको र बैतडी जिल्लाका सरोकारवाला निकायको असहयोगले गर्दा सडक गुणस्तरीय बनाउन नसकिएको उनले बताए । 

ठेकेदार गाउँलेले भने,‘कालोपत्रेका लागि पानी सबैभन्दा ठुलो समस्या(सत्रु) हो । हामीले कालोपत्रे गरेको केहिछिनमै स्थानियबासीले पानि फालिदिने, कालोपत्रे माथि दैनिक दाउरा चिर्ने, अनि उनिहरुको सानो जमिनमा हाम्रा मेसिन गयो, अथवा ढुंगा माटो खस्यो भनेपनि हाम्रा हातखुट्टा काटिदिने धम्की दिन्छन् । यस बिषयमा १ दर्जन भन्दा बढी पटक प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख सहित सरोकारवाला निकायसंग बैठक बस्यौँ तर केहि निकास निस्किएन ।’ सडक पेटीमा रहेका खानेपानी पाइप हटाइदिन र सडक छेउमा रहेका विद्युतका पोलहरु व्यवस्थापन गरिदिन सम्बन्धीत कार्यालयहरु संग पटक–पटक लिखित र मौखिक अनुरोध गर्दा कुनै सुनुवाई नगरेको उनले बताए । 

सडक निर्माण कार्यमा आएको अवरोधका विषयमा कम्तीमा १० पटक प्रमुख जिल्ला अधिकारी सहित नगर प्रमुख र सरोकारवालाहरु संग बैठक बस्दा समेत अवरोध नहटेको ठेकेदारको गुनासो छ । 

उनले भने,‘अरु ठाउँमा सडक निर्माण गर्दा घण्टौ सवारी साधनहरु रोकिन्छन् । यता कसैले  एक मिनेट पनि रोक्न खोज्दैनन् । यो सडक १० देखी १२ टन क्षमताका सम्मका सवारी साधन चलाउने स्टिमेटले बनेको हो, तर दैनिक निर्माण सामग्रीका २३ टन सम्मका सवारी साधन धमाधम चलाएको पाइन्छ । कालोपत्रे गरेकै दिन दोब्बर क्षमताका सवारी साधन चलाउदाँ सडक कमजोर पर्न गयो । उल्टै ठेकेदारको लापरवाहिले सडक बनेन भनेर हामीलाई नै दोस लगाउछन् । यो सडकमा बैतडीकै ठेकेदार भएको भए बन्ने थियो होला, म जिल्ला बाहिरको मान्छे भएकाले यस्तो गरियो ।, उनले गुनासो गरे ।’

गतबर्ष कालोपत्रे गरिएको गढी–गोठलापानी सडक निर्माण गरेको ६ महिनामै बिग्रिएको थियो । सडक स्टीमेट अनुसार नबनेको भन्दै नागरिक स्तरबाट विरोध भएपछि सहरी बिकास डिभिजन कार्यालयले ठेकेदारको भुक्तानी नै रोकेपछि ठेकेदारले फेरी निर्माणको काम सञ्चालन गरेको छ ।  

अहिले भने सडक निर्माणको काम अन्तिम चरणमा पुगेकाले केहिदिन भित्रै निर्माण सम्पन्न गरेर सडकमा पेण्टीङ र सोलार बत्तीहरु समेत जडान गरि सम्बन्धीत निकायलाई हस्तान्तण गर्ने के.एस. कन्सट्रक्सनले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update