Sagun Khabar
बैतडीमा एकैदिन ५५ जनाले कोरोना जिते, १० संक्रमित थपिए

बैतडी
आज एकैदिन बैतडीका ५५ जना कोरोना संक्रमण मुक्त भएकाछन् । अब बैतडीमा सक्रिय संक्रमितको संख्या ८ सय ७० कायम भएकोछ ।

हिजोसम्म जिल्लामा ९ सय १५ जना सक्रिय संक्रमित रहेकोमा आज ५५ जनाले कोरोना जितेको र १०जना नयाँ सक्रंमित थपिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

आज पञ्चेस्वर गाउँपालिकाका ४५ जना र दशरथचन्द नगरपालिकाका १०जनाले कोरोना जितेका हुन् ।

Atrya hospital

यसैगरि आज एन्टीजेन विधिबाट परिक्षण गर्दा सुर्नया गाँउपालिकाका ९ जनामा संक्रमण पुष्टी भएको छ भने, पिसिआर परिक्षणबाट पाटन नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update