Sagun Khabar
५०सइयाको आइसोलेशन बनाइने, भेन्टीलेटर फिर्ता नगर्ने 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी 
जिल्ला अस्पताल बैतडीको नवनिर्मित भवनमा कोभिड १९ अस्पताल सञ्चालनगर्ने बिषयमा जिल्ला स्थीत सरोकारवाला बिच छलफल भएको छ । आगामी २ हप्ताभित्र ५०बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनेगरि कामलाई तिब्रता दिनेबारे छलफल भएको हो । 

अहिले जिल्लामा भएका सबै श्रोतसाधनको प्रयोगगरि थप आवस्यक सामग्रीको आपुर्ति गरिने प्रदेश सांसद लिलाधर भट्टले बताए । जिल्लामा अहिले मौज्दात अक्सिजन, आइसियु वेड तथा भेन्टीलेटरलाई प्रयोगमा ल्याउने उनले बताए । 
जिल्ला अस्पताललाई प्राप्त भएको भेन्टीलेटर सहितको आइसियुकक्ष अहिलेलाई भवन निर्माण सम्पन्न नहुदाँसम्म अस्थाई रुपमा प्रयोगमा ल्याइने उनले बताए । 
प्रदेश सरकारले केहि दिन अघि भेन्टीलेटर फिर्ताका लागी आग्रह गरेको भएपनि भेन्टीलेटर फिर्ता नगरिने तर प्रयोग ल्याइने बताइएको छ । 
सोमबार भएको छलफलमा प्रदेश सांसद लिलाधर भट्ट, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला अस्पताल बैतडीका प्रमुख डाः बसन्तराज जोसी लगायत जिल्ला स्थीत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update