Sagun Khabar
अक्सिजन प्लाण्टका लागी आयो डेढ करोड, २महिनापछि बैतडीमै अक्सिजन उत्पादन हुने

बैतडी
बैतडी जिल्ला अस्पतालमा अक्सिजन पाइपलाईन र प्लाण्ट स्थापनाका लागी संघिय सरकारले डेढ करोड बजेट बिनियोजन गरेको छ । 

अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सुचना अनुसार बैतडी सहित देशका १२ अस्पतालहरुमा अक्सिजन प्लाण्ट स्थापनाका लागी बजेट छुट्याइएको हो । 

बैतडीबाट निर्वाचित संघिय सांसद दामोदर भण्डारीको बिषेश पहलमा उक्त बजेट बिनियोजन भएको सांसद भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

कोरोना भाइरस लक्षितमात्रै नभई बैतडीमा निर्माणधिन ५० सइयाको अस्पतालमा सधैभरी अक्सिजन प्लाण्टको आवस्यकता रहेको भन्दै उक्त रकम छुट्याइएको उनले बताए । 

सांसद भण्डारीको पहलमा उक्त बजेट आएको भन्दै उहाँको सामाजिक सञ्जालमा प्रसंशा भैरहेको छ । 

बैतडीमा अक्सिजन प्लाण्ट नहुदाँ सिलिण्डर खरिदगरि अक्सिजन आपुर्ति गर्नुपर्ने अवस्था रहेको छ । बैतडीमा अक्सीजन प्लाण्ट स्थापना भएपछि आवस्यकता अनुसार अक्सिजन उत्पादन गर्न सकिने छ ।


उक्त प्लाण्ट निर्माण गर्न कम्तिमा २ महिना लाग्नसक्ने स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरिक्षक भुवन जोसीले बताए । 

यसैबिच यसअघि प्रदेश सरकारको ८०लाख रकम बजेटमा बैतडी अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने भन्दै टेण्डर समेत भैसकेको छ ।

अहिले प्रदेश र संघ सरकारबाट बजेट आएकाले यो दुवै बजेटको कसरी सदुपयोग गर्ने भन्ने बिषयमा छलफल हुन बाकिँ रहेको जिल्ला अस्पतालका प्रमुख डाः बसन्तराज जोसीले बताए । अब दुईओटा प्लाण्ट बनाउने अथवा एक बजेटको मात्रै सदुपयोग गर्ने यस बिषयमा निश्कर्षमा पुग्न बाकिँ रहेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update