Sagun Khabar
जिल्लाबासीका समस्या हल गर्न लागी परेका छौँ : सांसद भण्डारी

बैतडी

कोरोना भाइरसको ब्यवस्थापनमा सरकार जिम्मेवारीपुर्वक लागीपरेको बैतडीबाट निर्वाचित संघिय सांसद दामोदर भण्डारीले बताएकाछन् । रेडियो निङ्गलाशैनीको कोरोना बिशेष कार्यक्रममा बोल्दै उनले सरकार स्वास्थ्य क्षेत्रमा दिर्घकालिन फाइदाहुने हिसाबले लगानी गरिरहेको बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

अहिले बैतडी सहित देशका १२ अस्पतालहरुमा अक्सिजन प्लाण्ट स्थापनाका लागी बजेट बिनियोजन गर्नु सराहनीय कार्य भएको उनले बताए । उक्त अक्सिजन प्लाण्टले कोरोना भाइरसको संक्रमण रहदाँसम्म मात्रै नभई दृघकालिन रुपमा अक्सिजनको आपुर्ति गर्नेहुदाँ बैतडीबासी लाभाम्वीत हुने बताए । 

मंगलबार अर्थ मन्त्रालयबाट जारी सुचना अनुसार बैतडी सहित  देशभर १२ अस्पतालमा अक्सिजन प्लाण्ट स्थापनाका लागी बजेट बिनियोजन भएको सार्वजनिक भएको छ । उक्त सुचना अनुसार बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागी डेढ करोड रकम छुट्याइएको छ । 

अक्सिजन प्लाण्ट निर्माणको काम छिटो अगाडी बढाउन पहल गर्ने भण्डारीले बताए । कोरोनाको प्रकोप तिब्र रुपमा फैलिइरहेको अवस्थामा जारी गरिएको निशेधाज्ञाका बेला मजदुरवर्ग समस्यामा परेको भन्दै उनिहरुलाई राहत बितरणका बिषयमा पहल गर्ने बताए । उनले भने "बैतडीबासीको यो समस्या प्रति म जानकार छु । मजदुरवर्ग अहिले सबैभन्दा बढी समस्यामा छन् । उनिहरुलाई राहत प्रदान गर्ने कुरामा म स्थानियतहका पदाधिकारीहरु संग समन्वयमै छु । बैतडीका सरोकारवाला निकायसंग समन्वय गरिरहेका छौँ । जिल्लाबासीको पिडामा मलम लगाउन के गर्न सकिन्छ ? यसको पहलमा हामी लागी परेका छौँ ।"

यसैबिच आजै सांसद भण्डारीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलसंग बैतडी जिल्लाका समस्याहरुका बिषयमा ध्यानाकर्षण गराउनुभएको छ । अहिले बैतडीका स्वास्थ्य सस्ंथाहरुमा रहेको जनशक्ति, उपकरण र औषधीको अभावका बिषयमा ध्यानाकर्षण गराएको भण्डारीले बताए । यस बिषयमा संघिय सरकारको ध्यानाकर्षण भएको र यसको आपुर्ति गर्ने आश्वासन दिएको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update