Sagun Khabar
कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मुत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी
कोरोना संक्रमणबाट बैतडीका एक स्वास्थ्यकर्मिको मुत्यु भएकोछ । जिल्ला अस्पताल बैतडीमा कार्यरत रहेका दशरथचन्द नगरपालिका वडा न. ४का ४५बर्षिय पुरुषको आज दिउँसो डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मुत्यु भएको हो ।

उनको स्वास्थ्यमा जटिलता देखिएकाले ५दिनअघि बैतडीबाट डडेल्धुरा रेफर गरिएको थियो । डडेल्धुरा अस्पतालको सघन उपचार कक्षमा उपचाररत उनको आज दिउँसो १२बजे मृत्यूभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाः बसन्तराज जोसीले बताए । यो संगै बैतडीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११पुगेको छ ।

अहिले बैतडी जिल्ला अस्पतालमा १०जना संक्रतिको उपचार भैरहेको छ भने, एकजनामा जटिल लक्षण देखिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update