Sagun Khabar
बैतडी सुर्नया २ को अध्यक्षमा  राप्रपाका विष्ट प्यानल सहित विजयी
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी-बैतडीको सुर्नया गाउँपालिका वडा नं  २  मा राप्रपाका उम्मेदवार विजयी  भएका छन् । राप्रपाबाट गणेश बहादुर विष्ट ३ सय मत लिएर प्यानल सहित  विजयी  भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्रका उम्मेदवार हर्क पाण्डेले २ सय ३८ मत ल्याएका छन्। यस्तै नेपाली  काँग्रेसका कृष्ण बहादुर पाण्डेले१ सय ५० .माओवादीका पूर्ण बहादुुर  विष्टले १ सय ५५ मत ल्याएका हुन्  ।

यो  वडामा  एमाले र राप्रपाको चुनावी  तालमेला भएको  थियो । यो   पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर  चन्दको  वडा पनि  हो । यो वडामा ७४ सालमा पनि राप्रपाले नै जितेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ००:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update