Sagun Khabar
कैलालीको भजनीमा नागरिक उन्मुक्ति पार्टी विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको भजनी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भएका हुन् । 

यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४०० मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन् ।  प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र नेपाली काँग्रेसले १ वडाध्यक्ष जितेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update