Sagun Khabar
सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

नेकपा एमालेले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि कारबाही गरेको छ। पार्टीको विधानविपरीत चलेको भन्दै नेताद्वयलाई पनि ६ महिनाको लागि निलम्बन गरेको हो। 

चैत ७ गते बसेको प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो। 

स्वास्थ्य सन्देश
Atrya hospital

नेता नेपाल र रावललाई चित्त बुझ्दो जवाफ नफर्काएको भन्दै यसअघि नै कारबाही गरिसकेका छन्। नेता नेपाल र रावलले ओलीको कारबाहीको अर्थ नभएको भन्दै अस्वीकार गरेका छन्।

-थाहाखबरबाट 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update