Sagun Khabar
बैतडीका ८ जनामा कालाजार देखियो, एक जनाको मृत्यु 

बैतडी –बैतडीमा चालु आर्थिक बर्षको अहिले सम्म ८ जनामा कालाजारको संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका ८ जनामा कालाजार देखिएको र कालाजारबाट एकजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

अहिले सम्म दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २ जना, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एक÷एक जनामा कालाजार देखिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कालाजार देखिएका मध्ये शिवनाथका एकजनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कालाजार एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने भएकाले व्यक्तिगत र वातारणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

कालाजार भएमा उच्च ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमणहरु देखा पर्ने गरेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update