Sagun Khabar
बैतडी घर भएका कलाकार भट्टमाथि कैलालीमा कुटपिट
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –ट्यांकर दुर्घटनाको लाइभ गरेको भन्दै बैतडी घर भएका कलाकार जनकराज भट्ट (जेआर) माथि कैलालीमा कुटपिट भएको छ । अत्तरीया बसपार्क क्षेत्रमा कलाकार भट्टमाथि आज बिहान १० बजेतिर कुटपीट भएको हो । 

जिन्दगीमा कहिले नसोचेको घटना भएको भन्दै उनी फेसबुक लाइभमा धुरुधुरु रोएका छन् । ट्यांकर दुर्घटनाको बिषयलाई लिएर आफूमाथि कुटपिट भएको भट्टले बताए । कुटपिट पछि अहिले मायामेट्रो अस्पतालमा आफू उपचाररत रहेको भट्टले बताए । कुटपिटबाट भट्टको शरीरमा चोट लागेको छ । उनले भने ‘जिन्दगीमा कहिले नसोचेको घटना भएको छ । ममाथि अनाहक कुटपिट भएको छ ।’

इलाका प्रहरी कार्यालय मालाखेतीमा कुटपिटबारे ठाडो निवेदन दएको उनले बताए । बैतडीको पाटन नगरपालिका ९ घर भएका जनकराज टिकटकमा जेआरका नामले लोकप्रिय छन् । उनी  सुदूरपश्चिमका देउडा कलाकार समेत हुन् । 
 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update