Sagun Khabar
बैतडीमा सक्रिय संक्रमितको संख्या २६ पुग्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार थप एकजनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या २६ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । 

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ७ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, सिगास र सुर्नया गाउँपालिकामा एक÷एक जना रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका १२ जना सक्रिय संक्रमित रहेका सूचना अधिकारी लेखकले जानकारी दिए । 

कोरोना संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update