Sagun Khabar
बाढीपहिरो पीडितका समस्या समाधान गर्न बैतडी कांग्रेसको सरकारसंग आग्रह 

बैतडी —गत बर्षको कार्तिक अन्तिम साता आएको बेमौसमी बर्षाका कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस बैतडीले माग गरेको छ । जिल्लाको शिवनाथ र सिगास गाउँपालिकामा त्यो बेला बढी क्षति भएकाले दुवै पालिकाका प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

कांग्रेस सभापति चन्दको नेतृत्वमा सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद लगायतको टोलीले गृहसचिवसंग बाढी पहिरो प्रभावित परिवारको समस्याका बिषयमा छलफल गरेको छ । दुवै पालिकालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकको र राहतका बिषयमा गृहसचिवसंग छलफल भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बेमौसमी बर्षाका कारण आएको बाढी र पहिरोले सिगासमा साढे तीनसय बढी परिवार प्रभावित बनेका थिए भने शिवनाथमा पनि ३ सय परिवार प्रभावित बनेका थिए । ती मध्ये शिवनाथमा २५ परिवारको घर पूर्ण रुपमा  नष्ट भएको थियो । 

संकटग्रस्त पालिकाहरुमा प्रभावित परिवारका लागि कार्यक्रम सञ्चालन गर्ने बिषयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीहरुसंग छलफल गर्ने तयारी भएको अध्यक्ष साउँदले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update