Sagun Khabar
प्रेस युनियनको बैठकमा सहभागी भएकै कारण जागिरबाट बर्खास्त 
SITAL SNIHI.jpg

बैतडी- नेपाल प्रेस युनियनको जनकपुरमा सम्पन्न बैठकमा सहभागी भएर फर्किएकी एक कर्मचारीलाई टिभी टुडेले जागिरबाट बर्खास्त गरेको छ । 

भदौ २३ र २४ गते जनकपुरमा आयोजना भएको नेपाल प्रेस युनियनको बैठकमा सहभागि भएर फर्किएकी टिभी टुडेकी रिपोर्टर शितल स्नेहीलाई जागिरबाट बर्खास्त गरिएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रेस युनियनको कार्यक्रममा सहभागि भएको भन्दै आफुलाई जागीरबाट निकालिएको स्नेही बताउछीन् । बझाङ घर भएकी स्नेही टिभी टुडेमा उपत्यका रिपोर्टरको रुपमा काम गर्दै आएकी थिइन् । बैठकपछि अफिस जाँदा अब काममा नआउन भनेको पत्रकार स्नेही बताउछीन् ।

‘शनिबार अफिस गएर काम गर्न खोज्दा अबदेखि काममा नआउन भन्ने उर्दी जारी भयो । त्यसपछि कामै नगरी फर्किएँ,’ उनले भनिन् ।

बैठकमा जानुअघि नै आफूलाई अवरोध गर्न खोजिएको उनी बताउँछिन् । ‘बैठकमा जानलाई बिदा माग्दा नाइनास्ती गरिएको थियो । मैले दुःख गरेर जितेकोले बैठकमा जाने निर्णय गरेँ । बरु तलब काट्न भनेकी थिएँ,’ उनले भनिन्,‘फर्किएपछि कामबाटै निकालियो ।’

यता, टिभि टुडेका सम्पादक अर्जुनदेव जोशीले यसबारेमा आफुलाई जानकारी नभएको बताएका छन । उनी टिभि टुडेमा विगत पाँच महिनादेखि रिपोर्टरको रुपमा काम गर्दै आएकि थिइन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update